एकढिक्का भएर अघि बढ्न महामन्त्री शर्माको निर्देशन

फाइल तस्बिर
भक्तपुर- नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले पार्टीभित्र कुनै पनि विवाद र असमझदारी नराखी एकढिक्का भएर अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
मंगलबार नेपाली कांग्रेस भक्तपुर जिल्ला समितिको निर्माणाधिन भवनको अवलोकनका क्रममा कार्यकर्तासँगको अन्तरक्रियामा उनले कांग्रेस बलियो भए मात्रै लोकतन्त्र बलियो हुने भएकाले सोहीअनुसार पार्टी निर्माणमा लाग्न निर्देशन दिएका हुन् ।
उनले भक्तपुरमा पार्टीले गरेका गतिविधिबारे जानकारी दिएका थिए । उनले पार्टी कुनै पनि गुट र उपगुटमा नभई एक भएर आगामी निर्वाचनमा लाग्नुपर्नेमा जोड दिए ।
महामन्त्री शर्मालाई कांग्रेस भक्तपुर जिल्ला सभापति एवं सासद दुर्लभ थापाले नयाँ भवन निर्माणको अवस्थाबारे जानकारी गराएको थियो भने पार्टीको भातृ सङ्गठन एवं तिनीहरुको अवस्थाबारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा भक्तपुरस्थित क्याम्पसमा नेविसङ्घको सङ्गठन र आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनको तयारीबारे पनि समेत छलफल भएको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया