दल

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक बस्दै

इकागज |
फागुन ८, २०८१ बिहीबार ६:४० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठक बस्दैछ ।

हिजो पोलिटब्युरो समितिको बैठक बसेपछि आज केन्द्रीय समितिको ब‌ैठक बस्न लागेको हो।


अस्ति बसेको स्थायी कमिटी बैठकले ७ वटा प्रस्ताव पारित गरेका तथा आजको बैठकका लागि एजेन्डा तय गरेको थियो ।

जसअनुसार पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ भने बैठकले नियमावली निर्देशिका, आचारसंहिता, दशौँ राष्ट्रिय महाधिवेशनको विवरणात्मक समिक्षा, तात्कालिक कार्ययोजना, अध्यादेश सम्बन्ध,मा र प्रकृति लम्साल मृत्यु प्रकरणसहित समसमायिक प्रस्ताव पारित गरेको थियो ।

सरकारले हालै ल्याएको ६ वटा अध्यादेशको बिपक्षमा उभिने निर्णय गरेको नेकपा एसले पोलिटब्युरो समितिको बैठकमा नेताहरूको धारणा माग्ने जनाइएको छ ।


Author

थप समाचार
x