आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुन्छ - डा शेखर

फाइल फाेटाे
काठमाडौं - नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको महाधिवेशनलाई आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका छन् ।
शनिबार काठमाडौंमा प्रजातन्त्र सेनानी संघका प्रतिनिधिहरूलाई चियापान कार्यक्रमको आयोजना गर्दै कोइरालाले तोकिएको समयमा नै पार्टीको महाधिवेशन हुनुपर्ने भन्दै महाधिवेशनलाई आम निर्वाचनपछि ढकेल्न खोजे कांग्रेस कमजोर हुने बताएका हुन् ।
समयमा नै महाधिवेशन सम्पन्न गर्न सबैले पार्टी नेतृत्वलाई दबाब दिनुपर्ने उनले बताए । कोइरालाले दुई दलीय गठबन्धन बनाएपछि भएका गतिविधि हेर्दा कांग्रेस एमालेकरण भएको हो की जस्तो देखिएको भन्दै चिन्ता व्यक्त गरे । कांग्रेस ठूलो पार्टी भएपनि आफ्नो नेतृत्वमा भन्दा पनि अरूको नेतृत्वमा सरकारमा सहभागी हुनु उचित नभएको उनले बताए ।
त्यस्तै कोइरालाले सरकारको गलत कामलाई निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए । पार्टीभित्र कसैलाई पनि अन्याय हुन नदिने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया