दल

एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत: अलग छ- महासचिव पोखरेल

इकागज |
फागुन १०, २०८१ शनिबार १७:४२ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णत: अलग रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार हुने गरेको उल्लेख गर्दै नेतृत्व यसबाट अलग रहेको बताएका हुन् ।


उनले भनेका छन्- 

'नेपालमा संचालित गैर सरकारी संस्था अधिकांश नेकपा(एमाले)संग संवन्धित रहेको भनेर प्रचार हुने गरेको छ । त्यसमा अझ नेताहरुको संलग्नता रहेको भनेर प्रचार गर्ने गरिएको छ । जबकी तथ्य त्यो भन्दा निकै फरक छ । बालबालिकाको क्षेत्रमा काम गर्नुहुने मानव अधिकार अभियन्ता गौरी प्रधानले एउटा प्रसंगमा भन्नुभएको सन्दर्भ मलाई यति वेला संझना भइरहेको छ ।

मानव अधिकार एलाइन्ससँग सम्बद्ध संस्थाहरूले विदेशबाट गैर सरकारी संस्थाले प्राप्त गर्ने अनुदानको १५ प्रतिशत हिस्सा पनि प्राप्त गर्दैनन् । तर पनि एलाइन्समा आबद्धहरू आँखाको तारो बन्ने गरेका छन् । किनकी उनीहरू पारदर्शी रूपमा समुदायमा काम गर्दछन् । तर ८५ प्रतिशत भन्दा बढी अनुदान प्राप्त गर्नेहरु खासै चर्चामा छैनन् । किनकी उनीहरू मध्ये अधिकांश बन्द कोठामा काम गर्दछन् । उनीहरू के गर्दछन् आम मानिसलाई थाह पनि हुँदैन ।

मलाई लाग्दछ सत्य यस्तै होला । जहासम्म नेकपा (एमाले) को मूल नेतृत्वको कुरा छः- त्यो विदेशी अनुदान प्राप्त संस्थावाट पूर्णतः अलग रहँदै आएको छ ।'


Author

थप समाचार
x