दल

प्रधानमन्त्री संसद विघटन गर्न उद्दत छन् : सापकोटा

इकागज |
फागुन ११, २०८१ आइतबार १३:३० बजे

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका छन् । आइतबार काठमाडौँमा प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश समितिको दास्रो अधिवेशन उद्घाटन गर्दै सापकोटाले अध्यादेशको बलमा शासन चलाउने कामले वर्तमान प्रधानमन्त्री संसद विघटन गर्न उद्दत भएको आरोप लगाएका हुन् ।

उनले प्रधानमन्त्री केपी ओलीलाई संसद बिघटन गरेर निर्वाचनमा गए आफूले बहुमत ल्याउँछु भन्ने लागेको तर्क गरे । सरकारकै कारण २३ दिनसम्म संसद कामबिहीन भएको उनले बताए । सापकोटाले अध्यादेशबाट शासन चलाउने सरकारको जमर्को पुरै असफल भएको र सरकार अध्यादेशको पासोमा परेको धारणा राखे ।


उनले मुलुकलाई सुशासनतर्फ अघि बढाउनेलाई सरकारले लखेटिरहेको बताए । उपाध्यक्ष सापकोटाले संविधान संशोधनका नाममा काग्रेसलाई समेत भ्रममा पारेर एमालेले आफ्नो नेतृत्वमा सरकार गठन गरेको तर्क गरे । 

वर्तमान सरकारबाट जनताको विश्वास पूर्णरुपमा गुमिसकेको उनको भनाइ छ । सापकोटाले प्रतिगमनको खतराबिरुद्ध खबरदारी गर्दै संविधानको रक्षा गर्न माओवादीले फागुन १२ गते झापाबाट जनतासंग माओवादी अभियान सुरु गर्न लागेको जानकारी दिए ।

 


Author

थप समाचार
x