दल

०८४ को निर्वाचन अघि नै पार्टीको महाधिवेशन - अर्जुन नरसिंह केसी

इकागज |
फागुन ११, २०८१ आइतबार १८:१४ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले २०८४ सालको निर्वाचन अघि नै पार्टीको महाधिवेशन हुने बताएका छन् । 

आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै केसीले महाधिवेशनका बिषयमा पार्टीका नेताहरूले जेपनि बोल्ने प्रवृति उचित नभएको भन्दै २०८४ सालको निर्वाचन अघि नै पार्टीको महाधिवेशन हुने बताएका हुन् । उनले आगामी मंसिरमा पार्टीको महाधिवेशन हुनुपर्ने र आवश्यकताका आधारमा एक वर्ष मात्रै म्याद थप गर्न मिल्ने भएकाले आगामी निर्वाचन अघि नै महाधिवेशन हुने धारणा राखे । 


कांग्रेस लोकतन्त्रको प्रमुख संवाहक भएको भन्दै उनले पार्टीका नेताहरूले गलत सूचनाका आधारमा महाधिवेशनका विषयमा जे पनि बोल्ने कामले राम्रो सन्देश नजाने बताए । 

उनले महाधिवेशनलाई निर्वाचनपछि ढकेल्ने खोजे ठूलो क्षति हुने जिकिर गरे । यसअघि कांग्रेसको महाधिवेशन २०७८ साल मंसिरमा सम्पन्न भएको थियो ।  
 


Author

थप समाचार
x