दल

अब पार्टी भित्र अन्याय हुन दिन्न - शेखर कोइराला

इकागज |
फागुन ११, २०८१ आइतबार १९:२५ बजे

बाँके - नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका नेता तथा कार्यकर्ताहरू माथि अब अन्याय हुन नदिने प्रतिबद्धता जनाएका छन्  ।

कांग्रेसको राप्ति स‍ोनारी गाउँपालिका सम्मेलनलाई आईतबार उदघाटन् गर्दै डा.कोइरालाले कांग्रेस कार्यकर्तालाई संरक्षण गर्ने जिम्मेवारी आफूले लिने बताएका हुन ।


नेता डा.कोइरालाले भने,'ढुक्क भएर संगठन गर्नुस्, समयमै सदस्यता नवीकरण गराउनुस् ।’

सबै तहका कांग्रेस कार्यकर्ताहरूलाई पार्टीको विधान अनुसार अघि बढन उनले निर्देशन समेत दिए।

व्यक्ति बलियो होइन संस्था बलियो बनाउनु पर्ने धारणा राख्दै देश दौडाहामा रहेका नेता डा. कोइरालाले आगामी महाधिवेशन निर्धारित समयमै हुनुपर्ने समेत बताएका छन् ।

निरन्तर जिल्ला भ्रमणमा रहेका कांग्रेस नेता डा. कोइराला शनिबार नेपालगन्ज आइपुगेका हुन्।


Author

थप समाचार
x