दल

एमालेको सचिवालय बैठक बोलाइयो

इकागज |
फागुन १४, २०८१ बुधबार १६:६ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन् ।

फागुन १८ गतेको लागि सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव भिष्म अधिकारीले जानकारी दिएका छन् । उक्त बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल गर्ने बुझिएको छ ।


सत्ता–सहकार्यमा रहेको नेपाली कांग्रेसले पनि दबाब बढाएपछि प्रधानमन्त्री ओलीले सचिवालय बैठक बोलाएका हुन् । आफैँले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले दबाब महसुस गर्दै निर्णायक कदम चाल्ने रणनीति बनाउन लागेको बुझिएको छ ।

सरकारमै रहेको दलहरूले अध्यादेशको विरोध गरेपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका छन् । अहिलेको अवस्थामा सरकारले ल्याएका अध्यादेश राष्ट्रिय सभाबाट पारित हुने अवस्था रहेको छैन ।
 


Author

थप समाचार
x