दल

नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने डा. प्रकाशशरण महतको घोषणा

इकागज |
फागुन १६, २०८१ शुक्रबार २०:२४ बजे

फाइल फाेटाे

काठमाडौं - पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नुवाकोटबाट प्रत्यक्ष चुनाव लड्ने घोषणा गरेका छन् ।

शुक्रबार बूढानीलकण्ठमा बसेको कांग्रेस बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै प्रवक्ता डा. महतले आगामी चुनावमा नुवाकोटबाटै प्रत्यक्ष उम्मेदवार बन्ने बताए । 


उनले विगतमा आफूले प्रत्यक्ष चुनाव लड्न नपाए पनि नुवाकोटमा धेरै विकास निर्माणका काम गराएको दाबी गर्दै प्रत्यक्ष उम्मेदवार बन्ने बताएका हुन् ।

गत निर्वाचनमा डा. महत समानुपातिकबाट सांसद बनेका थिए । 


Author

थप समाचार
x