दल

सरकारले भूमिसम्बन्धी अध्यादेश फिर्ता नलिए अन्य पाँच वटा अध्यादेशको पनि विपक्षमा उभिन्छौं - जसपा प्रवक्ता सुमन

इकागज |
फागुन १७, २०८१ शनिबार १७:५३ बजे

फाइल फाेटाे

काठमाडौं - जनता समाजवादी पार्टी, नेपालका प्रवक्ता मनिष सुमनले सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल फिर्ता नलिए अन्य पाँच वटा अध्यादेशको पनि विपक्षमा उभिने बताएका छन् । 

रिपोर्टर्स क्लब नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उहाले भूमिसम्बन्धी अध्यादेश जग्गा दलाल र विचौलियालाई पोस्न, नेपालको जंगल मास्न र तराई/मधेशलाई मरूभूमिकरण गर्नको लागि ल्याएको भन्दै उक्त अध्यादेश फिर्ता नलिए अन्य अध्यादेशलाई पनि समर्थन नगर्ने स्पष्ट पारे । 


प्रवक्ता सुमनले आफ्नो दलले भूमिसम्बन्धी अध्यादेशको विपक्षमा मतदान गर्ने निर्णय गरिसकेको र उक्त निर्णय देशको हितमा रहेको दाबी गरे । अध्यादेश ल्याउने कुरा संवैधानिक भएपनि अहिले सरकारले अध्यादेश ल्याउँदा नियत सफा नदेखिएको उनले बताए । त्यस्तै उनले अध्यादेश पारित गराउनको लागि सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन खोजेको सुनिएको भन्दै त्यसको पनि विरोध जनाए । 

उनले अध्यादेश आउँदै गर्दा आफूहरूलाई सरकारमा जान लागेको भनेर मिडियाले लेखेकोमा भने असहमति जनाए । उनले अहिलेसम्म सरकारलाई दिएको समर्थन कायम रहेको उल्लेख गरे । तर, यो समर्थन पनि अध्यादेश फिर्ता हुने वा नहुनेमा निर्भर रहेको उनको भनाइ छ । 


Author

थप समाचार
x