दल

पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्छ - सभापति देउवा

इकागज |
फागुन १९, २०८१ सोमबार १५:२९ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीभित्र रहेका मतभेदलाई हटाएर विश्वासको वातावरण बनाउनुपर्ने बताएका छन् ।

सोमबार नेपाली कांग्रेस, ‘केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ले रूपन्देहीको भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा देउवाले पार्टीभित्र नमिलेका र विवादका बिषयलाई आपसमा छलफल, मेलमिलाप र कुराकानी गरेर हटाउनुपर्ने बताएका हुन् । 


कांग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझ आकर्षण बढ्दै जाने उनले बताए । देउवाले समानुपाती समावेश व्यवस्थालाई सवै मिलेर थप बलियो बनाउदै जानुपर्नेमा जोड दिए । 

उनले आगामी निर्वाचनमा बहुमत ल्याउने गरि अघि बढ्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । 

तीन दिनसम्म चल्ने अभिमुखीकरण कार्यक्रममा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू सहभागी छन् । 


Author

थप समाचार
x