दल

संसद बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरूलाई कांग्रेसको ह्वीप

इकागज |
फागुन २०, २०८१ मंगलबार १५:५४ बजे

काठमाडौं - नेपाली कांग्रेसले बुधबार बस्ने संसदको बैठकमा आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित हुन ह्वीप जारी गरेको छ । 

बुधबार बस्ने बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।


सरकारले जारी गरेका ६ अध्यादेश मध्ये भूमिसम्बन्धी अध्यादेश बाहेक अन्य पाँच अध्यादेश अगाडी बढाउन सत्तारुढ दलहरूबीच सहमति भएको छ ।


Author

थप समाचार
x