कांग्रेस बलियो भए मात्रै देशको समृद्धि हुन्छ : देउवा

फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका छन् ।
बिहीबार ललितपुरमा नेपाल भूतपूर्व सैनिक संघको छैठौं केन्द्रीय महाधिवेशन उद्घाटन गर्दै सभापति देउवाले जनताका कारण कांग्रेस लोकप्रिय पार्टी बनेको भन्दै कांग्रेस बलियो भएमात्रै देशको समृद्धि हुने बताएका हुन् ।
कांग्रेसलाई बलियो बनाउनका लागि शुभेच्छुक संस्थाहरु बलियो हुनुपर्ने उनले बताए । लोकतन्त्रमा मात्रै सवैका अधिकार सुरक्षित हुने भएकाले यसमा ध्यान दिन उनले आग्रह गरे । सभापति देउवाले गोर्खा भर्ति केन्द्रका बारेमा सरकारसंग कुरा भइरहेको भन्दै समस्या समधानका लागि कुटनीतिक तवरले कुरा अघि बढाउने प्रतिवद्धता जनाए ।
गोर्खा भूतपूर्व सैनिकको पेन्सनको बिभेदका बिषयमा समेत आफु जानकार रहेकाले यस बिषयमा पनि आफुले सम्बन्धित निकायमा कुरा गर्ने उनको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया