दल

सामाजिक सद्भावमा आगो लगाउने देखि सजक हुनुपर्छ - वरिष्ठ उपाध्यक्ष पोखरेल

इकागज |
फागुन २४, २०८१ शनिबार १५:३८ बजे

फाइल फाेटाे

काठमाडौं - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सामाजिक सद्भावमा आगो लगाउने तत्त्वदेखि सजक हुनुपर्ने बताएका छन् । 

एमाले मधेश प्रदेश सम्पर्क कमिटीले शनिबार एमाले मुख्यालय च्यासलमा आयोजना गरेको होली मिलन कार्यक्रमका बोल्दै पोखरेलले अहिले पनि मुलुकमा मिलेर बसेको समाज र सामाजिक सद्भावमा आगो लगाउने तत्त्व रहेको भन्दै सजक हुनुपर्ने बताएका हुन् ।


एउटा जाती, धर्मको विरुद्ध अर्को जाती, धर्मलाई उक्साउने अपराधपूर्ण साजिसविरुद्ध एकतावद्ध भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ । उनले मुलुकको सामाजिक सद्भाव खलबलिए देश नै नरहने खतरा रहेको धारणा राखे । 

उनले होली पर्वको सांस्कृतिक र सामाजिक महत्व धेरै भएकाले सामाजिक सद्भाव र भाइचारा कायम गरि मनाउनुपर्ने बताए । 


Author

थप समाचार
x