दल

झापा पुगेर शेखरले भने–  कांग्रेसमा वैचारिक धार भुत्ते हुँदै गयो

इकागज |
फागुन २४, २०८१ शनिबार १६:४५ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसको नेता डा. शेखर कोइरालाले कांग्रेसको वैचारिक धार भुत्ते हुँदै गएको टिप्पणी गरेका छन् । आफू त्यो धारलाई तिखो बनाउने देशव्यापी अभियानमा लागेको र आम कार्यकर्ताहरूलाई साथ दिन आग्रह गरे ।

आज कांग्रेस झापाको पार्टी कार्यालयमा पूर्व आप्रवासी समन्वय विभागको कोशी  प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले  झापामा समेत कांग्रेसका इमानदार कार्यकर्ताहरू बिस्तारै पाखा लाग्दै गएको अवस्था आफूले पाएको बताए । 


आगामी चुनावको प्रतिस्पर्धी दल एमालेनै भएको संकेत गर्दै नेता कोइरालाले भने– 'आगामी चुनावको प्रतिस्पर्धी दलसँग अहिले सहकार्य गरेर अगाडि पनि जानु छ यो अप्ठ्यारो र असहज अवस्थाको सामना कांग्रेस कार्यकर्ताहरूले गर्नु परिरहेको छ  ।'  

झापामा आगामी चुनावको प्रतिस्पर्धी को हो ? भनि प्रश्न पनि गरे । आम कार्यकर्ताहरूको भावना आगामी चुनाव कांग्रेस एक्लै लड्नु पर्छ भन्ने रहेको आफूले पाएको बताउँदै त्यसका लागि कांग्रेसले बलियो तयारी गर्नुपर्ने डाक्टर कोइरालाको भनाई छ । 

पार्टी भित्रको गुटबन्दीको अन्त्य गरेर कांग्रेस एक्लैले चुनाव लड्नुपर्ने आम कार्यकर्ताहरूको भावना आफूले पाएको कोइरालाले उल्लेख गरे । 

एमाले नेतृत्वको वर्तमान सरकारमा कांग्रेसको सहयोग मात्रै रहेको भन्दै कांग्रेस अहिले सत्तापक्ष भएको तर सरकारमा नरहेको अनुभूति भइरहेको टिप्पणी गरे । 

डाक्टर कोइरालाले भने– 'ओलीजीसँग यो सरकार बन्नु भन्दा पहिले यो सरकारको खाका बारेमा मैले भनेको थिएँ ।  उनले एमालेको होइन कांग्रेसको नेतृत्वमा हुनुपर्छ।' 

तर अहिले सरकार एमालेको नेतृत्वमा बन्यो कांग्रेस यसमा सहयोगीको भूमिकामा मात्रै देखियो । यस ढंगबाट चुनावको पूर्व तयारी राम्रो हुन नसक्ने नेता कोइरालाको संकेत छ । 

देश विकासमा रिटर्नीहरूको भुमिका विदेशदेखि स्वदेशसम्म विषयक सो कार्यशालासहितको पूर्व आप्रवासीहरुको भेलामा आप्रवासी नेपालीहरूलाई संकेत गर्दै विदेश जानु गलत हो भन्न जबरजस्त भाष्य निर्माण गर्न खोजिनु गलत भएको बताए । 


Author

थप समाचार
x