फोहोर गरेको भन्दै राप्रपालाई काठमाडौँ महानगरको एक लाख जरिवाना

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रूपैयाँ जरिवाना गरेको छ ।
आइतबार राप्रपाको अगुवाइमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका क्रममा महानगर क्षेत्रभित्रका एयरपोर्ट, तिलगंगा, गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आइल्याण्ड र त्यसमा रहेका विरुवाका साथै रेलिङमा भौतिक क्षति र जथाभावी फोहोरमैला गरेको भन्दै महानगरले जरिवाना गरेको हो ।
वातावरण प्रदूषण गरेकाले फोहरमैला व्यवस्थापन ऐन, २०६८, काठमाडौँ महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको महानगरले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया