ज्ञानेन्द्र शाहीको आरोप : आदित्यनाथको फोटो विष्णु रिमालले राख्न लगाएको पाइयो

काठमाडौँ- राप्रपाका नेता ज्ञानेन्द्र शाहीले आइतबार पुर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो प्रधानमन्त्री केपी ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाएको आरोप लगाएका छन् ।
शाहीले सामाजिक सञ्जालमा लेख्दै रिमालले योगी आदित्यनाथको तस्बीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको समेत बताएका छन् ।
'हिजो राजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो स्वयम् प्रधानमन्त्री केपी ओलीज्यूको निर्देशनमा प्रधानमन्त्रीज्यूका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले राख्न लगाइएको पाइएको छ' शाहीले लेखेका छन्'नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्नको लागि यस्ता कुकर्म गर्न थालेछन् छि छि । विदेशीको एजेन्डामा र सिद्धान्तमा पार्टी चलाउनेहरूले ठूलो कुरा गरेको देख्दा अचम्म लाग्छ ? माक्स, लेलिन, माओ कुन देशका हुन ?'
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया