सरकार सञ्चालनमा कुनै समस्या छैन : सभापति देउवा

सुदूरपश्चिम- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकार सञ्चालनमा दलहरूबीच कुनै समस्या नरहेको बताएका छन् ।
आज धनगढी विमानस्थलमा पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै देउवाले अहिलेको गठबन्धन २०८४ सम्म कायम रहने स्पष्ट पारे ।
अर्को एक प्रश्नमा देउवाले राजतन्त्रका पक्षमा अहिले हल्ला मात्र भइरहेको बताए । उनले भने, “कुनै माहोल मैले देखेको छैन, त्यो हल्ला मात्र हो, हल्ला गरेर केही हुँदैन ।”
कांग्रेस सभापति देउवासहितका नेता पार्टीको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सहभागी हुन आज धनगढी पुगेका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया