विधान विपरीतको कुनैपनि काम स्वीकार्य हुँदैन - प्रधानमन्त्री ओली

फाइल फाेटाे
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विपरीतको कुनैपनि काम स्वीकार्य नहुने बताएका छन् ।
सोमबार काठमाडौंमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को १६औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मुलुकमा संविधान विपरीतका गतिविधि बढ्न थालेको भन्दै त्यस्ता कुनै पनि काम हुन नदिने र रोक्नुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिंगै समाजलाई अशोभनीय बनाउने काम भइरहेको बताए । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे ।
प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्ध बनाउनका लागि साक्षरता दर बनाउनुपर्ने बताए । उनले सम्पत्तिको हक संविधानले नै दिएकाले ढुक्क भएर लगानी गर्न निजी विद्यालयलाई आग्रह समेत गरे । प्रधानमन्त्री ओलीले निजी विद्यालयलाई पाँच वर्षभित्र गुठीमा लानुपर्ने प्रस्ताव कसरी आयो भनेर आफू छक्क परेको पनि जिकिर गरे ।
प्रधानमन्त्री ओलीले सरकारले तिर्न नसक्ने बालबालिकालाई निःशुल्क शिक्षा दिने दायित्व लिने र यसमा निजी क्षेत्रको पनि साथ लिने स्पष्ट गरे ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले प्याब्सन गौरव, प्याब्सन रत्न आदि सम्मानबाट पूर्व अध्यक्ष भोजबहादुर शाह, लक्ष्यबहादुर केसी, डा विजय सम्बाहाम्फेलगायतलाई सम्मान प्रदान गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया