सरकारका कारण प्रतिक्रियावादीहरुले टाउको उठाए- प्रचण्ड

फाइल फाेटाे
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका कारण प्रतिक्रियावादीहरुले टाउको उठाउने मौका पाएको टिप्पणी गरेका छन् ।
सिंहदरबारमा सोमबार बसेको समाजवादी मोर्चाको बैठकको तयारीसम्बन्धी छलफलपछि अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियाबादीले फाइदा उठाउन खोजेको टिप्पणी गरेका हुन् ।
यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ । प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुन नसकेको र सेटिङमा व्यस्त रहेको आरोप लगाए । गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनको भनाइ छ ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधानदेखि परिवर्तनसम्मलाई सिद्धाउन खोज्ने गतिविधि निन्दनीय रहेको भन्दै इतिहासको रथ पछाडी फर्कन नसक्ने बताए । उनले मुलुक र जनताको हित राज संस्थाबाट सम्भव नरहेको जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया