दल

पूर्वविशिष्टहरूको सुविधा घटाउने गरि कानुन बनाउन खोजिएको - प्रवक्ता महत

इकागज |
चैत ३, २०८१ आइतबार १४:३८ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पूर्वविशिष्टहरूको सुविधा घटाउने गरि कानुन बनाउन खोजिएको बताएका छन् । 

आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले पूर्वविशिष्टको सुविधा बढाउनका लागि नभइ घटाउने गरि कानुन बनाउन खोजिएको बताएका हुन् ।


पूर्वविशिष्टहरुलाई आजीवन सुविधा दिनेगरि कानुन बनाउन खोजिएको विषयमा कुनै सत्यता नरहेको उनले बताए । उनले पूर्वविशिष्टहरूको सुविधालाई घटाउने गरि कानुन अघि बढाउने स्पष्ट पारे । 

प्रवक्ता महतले मुलुकमा गणतन्त्र स्थापना भइसकेको अवस्थामा राजसंस्था पुनस्र्थापित गराएर जनताले जोखिम लिन नसक्ने धारणा राखे । 


Author

थप समाचार
x