दल

देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगरौं -  मुख्य सचेतक घिमिरे

इकागज |
चैत ३, २०८१ आइतबार १५:२८ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसका मुख्य सचेतक श्यामकुमार घिमिरेले देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा घिमिरेले मुलुक शान्ति प्रक्रियामा आएपछिको १९ वर्षमा नेपाली समाजको परिवर्तन र जनताको जीवनस्तर उकासिएको भन्दै देशमा केही पनि भइरहेको छैन भन्ने नकारात्मक भाष्य निर्माण नगर्न आग्रह गरेका हुन् । 


उनले मुलुकमा प्राप्त उपलब्धि र सकारात्मक परिवर्तनलाई ढाकछोप गरेर भ्रम सिर्जना नगर्न विपक्षी दललाई आग्रह गरे । घिमिरेले मुलुक संघीयतामा गइसकेपछि देश विकास र सुशासन प्रवर्द्धन भई जनतामा आशा र विश्वास पैदा भएको दाबी गरे । 

उनले हरेक बर्ष लाखौँ युवाहरू विदेशिएको विषय उठान हुने गरेपनि मुलुकमा १५ अर्बभन्दा बढी रेमिट्यान्स भित्र्याउनेलाई बेवास्ता गर्न नमिल्ने बताए । उनले मुलुकको विकासका लागि पूर्वाधार विकासमा लगानी गर्न आवश्यक रहेको उल्लेख गरे । 


Author

थप समाचार
x