दल

संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्छ - सभापति देउवा

इकागज |
चैत ४, २०८१ सोमबार १९:१० बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । 

कांग्रेस संघीय मामिला समन्वय विभागले सोमबार सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मुलुक संघीय प्रणालीमा गइसकेकाले यसलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताएका हुन् । 


कसैलाई संघीयता मन नपरेपनि केही गर्न नसकिने उनले बताए । सभापति देउवाले मुलुकको अहिलेको व्यवस्थाबाट फर्किन नसकिने स्पष्ट पारे । संघीय स्वरुप अनुसारको प्रदेश र स्थानीय तहलाई आवश्यक भूमिका र अधिकार दिनुपर्ने उनले बताए । सभापति देउवाले देशको एकतालाई कुनै पनि हालतमा खलबलिन दिन नहुने उल्लेख गरे । 

उनले कांग्रेसको १०० दिने अभियानका क्रममा देशभरका जनतामा उत्साह भएको भन्दै यसलाई अझ बढी समन्वय गरेर अघि बढ्नुपर्ने बताए । कांग्रेस अहिले ठूलो पार्टी भएकाले आगामी निर्वाचनमा बहुमत ल्याउने गरि लाग्न उनले निर्देशन दिए । 


Author

थप समाचार
x