राजतन्त्र पुनस्थापनाको नाममा कलाविहीन नाटक मञ्चन - प्रचण्ड

फाइल फाेटाे
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राजतन्त्र पुनस्थापनाको नाममा कलाविहीन नाटक मञ्चन भइरहेको टिप्पणी गरेका छन् ।
सांस्कृतिक प्रतिरोध दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले राजतन्त्र पुनस्थापनाको नाममा कलाविहीन नाटक मञ्चन भइरहेको टिप्पणी गर्दै जनताले इतिहास बनाइदिएको राजसंस्थाको पुनस्थापना सम्भव नै नरहेको बताए ।
ज्ञानेन्द्र शाहको मूर्खताले देशमा गणतन्त्र आउनमा सहयोग पुगेको भन्दै प्रचण्डले पछिल्लो समय ज्ञानेन्द्रको मूर्खताबाट सुरु भएको बहसले नेपाली जनतालाई अझ बढी चेतनशील बनाउन मद्दत गर्ने धारणा राखे ।
उनले संघीय लोकतान्त्रिक गणतन्त्र एउटा युगान्तकारी उपलब्धि भएकाले अहिलेको व्यवस्थाविरुद्ध प्रश्न उठाउने दुस्साहस गरे ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए । प्रचण्डले अहिले संशोधन नभइ सबै दल मिलेर समीक्षा गर्न जरुरी रहेको बताए । समीक्षा पछि जनताको आवश्यकताका आधारमा संशोधनको प्रक्रिया अघि बढाउनुपर्ने उनले बताए ।
उनले राजतन्त्र फालेका शक्तिहरू एक ठाउँमा आएर जनतालाई अधिकार सम्पन्न बनाउनुपर्नेमा समेत जोड दिए । प्रचण्डले क्रान्तिकारी माओवादी धारहरू छिटै एकताबद्ध हुने जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया