दल

कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाउने

इकागज |
चैत ५, २०८१ मंगलबार १९:१२ बजे

फाइल फाेटाे

काठमाडौं - नेपाली कांग्रेसले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको छ । 

पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी र पूर्व पदाधिकारी बैठकले चैत १० गते कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए । 


बैठकमा राजावादीको प्रदर्शनका विषयमा पनि छलफल भएको र अहिलेको व्यवस्था र संविधानको रक्षाको लागि सम्पूर्ण रुपमा क्रियाशील हुने निष्कर्ष निकालेको उनले बताए । 

प्रवक्ता महतले सर्वदलीय सरकार बनाउने विषयमा कुनै छलफल नरहेको जिकिर गरे । अहिले विपक्षमा रहेका माओवादीसहित अन्य दलहरू पनि अहिलेकै संविधानको रक्षाको पक्षमा रहेको भन्दै उहाले सरकारमा आउँदा गणतन्त्रपक्षधर बलियो हुने बाहिर हुँदा कमजोर हुने भन्ने परिस्थिति नरहेको बताए । 

उनले समाजवादी मोर्चाले आह्वान गरेपनि कांग्रेस प्रदर्शनमा सहभागी नहुने तर गणतन्त्रको रक्षाका लागि मोर्चाले गरेको निर्णय ठीक रहेको धारणा राखे । 


Author

थप समाचार
x