दल

कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

इकागज |
चैत ६, २०८१ बुधबार १३:१ बजे

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले संसदमा माफी मागेका छन् ।

केही दिन अघि संसदमा नै नेपालमा यौन व्यवसाय खुला गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका घिमिरेले ब्यापक आलोचना पछि आज संसदमा क्षमा याचना गरेका हुन् ।


जारी प्रतिनिधिसभा बैठकमा घिमिरेले आफ्नो अभिव्यक्तिले पर्न गएको नकारात्मक असरप्रति क्षमा याचना गरेको जनाएका हुन् । उनलाई सामाजिक सञ्जालदेखि हिजो पार्टी पदाधिकारीको बैठकमा पनि सो अभिब्यक्तिलाई लिएर आलोचना गरिएको थियो ।

गत चैत ३ गतेको प्रतिनिधिसभा बैठकमा नेपालमा यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति ब्यक्ति भएको भन्दै यसमा पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको पनि प्रस्टाएका छन् ।

‘चैत ३ गते विशेष समयमा मैले अभिव्यक्त गरेको धारणा पार्टी र कांग्रेस संसदीय दलको आधिकारिक धारणा होइन । यी विचारले संसद्का सदस्यहरू अन्य जनसमुदायमा समेत नकारात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमा याचना गर्न चाहन्छु’, घिमिरेले संसदमा भने ।


Author

थप समाचार
x