दल

क्रियाशील सदस्यता विवाद विधि-विधान अनुरुप समाधान गर्नुपर्छ : प्रकाशमान सिंह

इकागज |
साउन ५, २०७८ मंगलबार १५:५१ बजे

काठमाडौँ - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले क्रियाशील सदस्यताको विवाद विधि र विधान अनुरुप समाधान गर्नुपर्ने बताएका छन्। एकपक्षीय ढंगले वितरण गरिएका क्रियाशील सदस्यता बदर गर्नुपर्ने माग राख्दै कांग्रेस मुख्यालयमा धर्ना र आमरण अनसन दिएका नेता तथा कार्यकर्तासंग छलफल गर्दै नेता सिंहले छिटो भन्दा छिटो क्रियाशील सदस्यताको विवाद हल हुनुपर्ने बताए ।

नेता सिंहले क्रियाशील सदस्यताको विवादलाई विधि र विधान अनुरुप छिटो हल गर्न आफूले नेतृत्व तहमा पुन ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाए । त्यस्तै उनले विधि र प्रक्रिया पूरा गरेकाहरूले क्रियाशील सदस्यता पाउनुपर्ने जिकिर गरे । 


वडा अधिवेशन आउन ८ दिन बाँकी रहँदा विवाद छानबिन समितिले अन्तिम कार्यसूची तयार गर्न सकेको छैन भने तराईका बारा र धनुषा लगाएत अधिंकाश जिल्लाका कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्ना तथा अनसन बसेका हुन् । उनीहरुले एकपक्षीय रूपमा भएको क्रियाशील सदस्यता बितरणलाई छानविन गरेर सच्चाउनुपर्ने माग गरेका छन् ।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको भन्दै केहि कार्यकर्ताहरू धर्नामा छन् भने नेता यादवसहित तीन जना असनस बसेका छन् । 


Author

थप समाचार
x