दल

कांग्रेस केन्द्रीय सदस्य घिमिरेमाथि हातपात गर्ने बस्‍नेतलाई सचेत गराइयो

इकागज |
साउन ११, २०७८ सोमबार १७:५८ बजे

काठमाडौँ – नेपाली कांग्रेसको अनुशासन समितिले क्रियाशील सदस्यता छानबिन समितिका सदस्य श्याम घिमिरेमाथि हातपात गर्ने सन्धुपाल्चोक प्रतिनिधि सभा-१ का पार्टी क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई सचेत बनाएको छ । अनुशासन समितिका सचिव प्रेम केसीले विज्ञप्ति जारी गर्दै अनुशासनको पूर्ण पालना गर्न दिर्नेश गरिएको जनाएका छन् । 

‘नेपाली कांग्रेस केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिको कार्यस्थलमा २०७८ श्रावण १ गते भएको घटनाका सम्बन्धमा केन्द्रीय अनुशासन समितिको आज बसेको बैठकले सो घटनासँग सम्बन्धित सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. १ का नेपाली कांग्रेसका क्षेत्रीय सभापति बालकृष्ण बस्नेतलाई सचेत गराउँदै अनुशासनको पूर्ण पालना गर्न निर्देश गरेको छ,’ सचिव केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 


बस्नेतले क्रियाशी सदस्यताका विषयमा आफ्नो क्षेत्रमा भएको विवादमा छानबिन समिति सदस्य घिमिरेमाथि सदस्यता छानबिन भइरहेको गौशालास्थित होटलमा पुगेर हातपात गरेका थिए । 


Author

थप समाचार
x