दल

बाँके-१ मा सिफारिसबिना छानबिन समितिले थपिदियो तीन सय क्रियाशील सदस्य

इकागज |
साउन १२, २०७८ मंगलबार १९:१५ बजे

काठमाडौँ - नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले बाँके-१ मा तल्ला तहको सिफारिसबिना नयाँ क्रियाशील सदस्यता थपेर पठाइदिएको छ । वडाबाट सिफारिस गरिएका नाम भन्दा फरक ढगंले क्षेत्र र केन्द्रबाट करिब तीन सयबढी नाम थपेर पठाइएको बाँकेका सचिव तप्त पौडेलले जानकारी दिए । 

पौडेलका अनुसार दुई गँउपालिका र एक नगरपालिका रहेको बाँके-१ को कोहलपुर नगरपालिका-१ मा २०, वडा नं-२ मा ४५, वडा नं-४ मा ३५, वडा नं-५ मा ४०, वडा नं-६ मा १२, वडा नं- ११ मा ६०, वडा नं- १२ मा ३५,वडा नं-१३ मा १० र वडा नं १५ मा १२ जनाको नाम सिफारिसबिना थपिएको छ । 


यसैगरी  राप्ती सोनारी गँउपालिका- ६ मा वडाले सिफारिस गरेको नाममा टिपेक्स लगाएर ५ जनाको नाम फर्जी ईन्ट्री गरिएको पौडेलले बताए । राप्ती सोनारीकै वडा नं-८ मा वडा कार्य समिति र वडा भेलाले पठाएको ८३ जना नाममा बाहिरबाट थप ३० जनाको नाम इन्ट्री गरिएको छ ।

त्यसैगरी नरैनापुर गॉउपालिका- २ मा पनि वडाको सिफारिसभन्दा बाहिरबाट टिपेक्स लगाएर ८ जना थपिएको पौडेलले बताए । 

यसरी करिब ३०० भन्दा बढी नाम समितिले आफैले बनाएको मापदण्डविपरीत समितिले नै सचिवालयले मार्फत इन्ट्री गराएको छ । विधि र मापदण्डविपरित करिब ३०० भन्दा बढी नाम इन्ट्री गराइएको आरोपमा बाँके- १ बाट करिब डेड महिनादेखि दर्जन बढी नेता कार्यकर्ताहरू काठमाण्डौँमा छन् । 


Author

थप समाचार
x