दल

पार्टीभित्र समावेशी प्रतिनिधित्व बढाउने भन्दै देउवाले बोलाए शीर्ष नेताको बैठक

इकागज |
भदौ २१, २०७८ सोमबार ६:३९ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बैठक बिहान साढे ८ बजे बालुवाटारमा बस्दै छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालासहितका नेताहरू सहभागी हुनेछन् । सभापति देउवाले हतारमा निर्वाचन निर्देशिका निर्माण गर्दा प्रतिनिधित्वको विषय छुटेको भन्दै सच्याएर अघि जानका लागि प्रस्ताव गर्ने बताइएको छ ।

निर्वाचन निर्देशिकामा प्रतिनिधित्व बढाउनको लागि नेताहरु फर्मूल्ला मन्सुर, मुस्लिम संघका केन्द्रीय अध्यक्ष अब्लुल सतार, जीवन परियारसहितका नेताहरुले देउवालाई भेटेर लबिङ गरेका थिए । भेटमा देउवाले सच्याउने प्रतिवद्धता जनाएको नेता मन्सुरले जानकारी दिए ।



Author

थप समाचार
x