दल

कैलालीका सात स्थानमा यी भए कांग्रेस प्रदेशसभा सभापति

इकागज |
मंसिर ४, २०७८ शनिबार १३:४३ बजे

धनगढी - कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शुक्रबारदेखि सुरू भएको पालिका अधिवेशन अन्तर्गत कैलालीका सातै वटा प्रदेश क्षेत्रमा सभापति चयन भएका छन् ।

कांग्रेस कैलालीका महाधिवेशन प्रचारप्रसार समिति सभापति नृप सुनारका अनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १ को निर्वाचन क्षेत्र (क) २ मा बलिराम चौधरी सर्वसम्मत चयन भएका छन् । १ को निर्वाचन क्षेत्र (ख) मा सर्वसम्मतका लागि प्रयास जारी रहेको छ । यसैगरी, क्षेत्र नम्बर २ को (क) क्षेत्रमा भीम जैशी र (ख) मा तेजप्रकाश मल्ल निर्वाचित भएका छन् । 


सुनारका अुनसार निर्वाचन क्षेत्र नम्बर ३ को (क) मा रामप्रकाश चौधरी र २ मा कमलराज चौधरी निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ४ को (क) मा काशीराम शर्मा र (ख) क्षेत्रमा गोपाल भट्ट निर्वाचित भएको प्रचारप्रसार समिति संयोजक सुनारले बताए । 

उनका अनुसार कैलाली क्षेत्र नम्बर ५ का दुई वटै प्रदेश क्षेत्रमा नेतृत्व चयन हुन सकेको छैन । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (ख) मा सभापतिका लागि चार जना आकांक्षी छन् । शनिबार बिहानसम्म सर्वसम्मतको लागि प्रयास जारी रहे पनि सहमति नभएको उनले बताए । उनका अनुसार क्षेत्र नम्बर ५ को (ख) मा सभापतिका लागि रुपेश स्वार, धर्म उपाध्याय, केशव जोशी र मानबहादुर चौधरीले दाबी गर्दै आएका छन् । 

यसैगरी, क्षेत्र नम्बर ५ कै (क) मा पनि दुई जनाले सभापतिमा दाबी गरिरहेका छन् । (क) क्षेत्रमा  सीताराम राना र कुम्भ गिरीले सभापतिमा दाबी गरेका छन् । 


Author

थप समाचार
x