शङ्ख धुन बजाएर सुरु भयो एमाले महाधिवेशन
चितवन- नेकपा एमालेको १० औँ महाधिवेशन नारायणी नदी किनार चितवनमा सुरु भएको छ । सांस्कृतिक टोलीले शङ्ख धुन बजाएर महाधिवेशन शुरुवात भएको जनाउ दिएका छन् ।
एमालेविरुद्धका सबै प्रकारका आक्रमण र षड्यन्त्रको अन्त्यको प्रतिक भन्दै शङ्ख बजाएर महाधिवेशन सुरु गरेको जनाएको छ । १२७ भाषाभाषीकै सांस्कृतिक पहिचान झल्किने बाजा बजाइएका छन् । नारायणी नदी किनार देशैभरिबाट भेला भएका नेता कार्यकर्ताले भरिएको छ । नदी किनारमा डुङ्गा बोटिङ पनि चलाइएको छ । किनारबाट बोटिङ हेर्न रमिता लागेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया