२१५३ प्रतिनिधिलाई झोलामा के दियो एमालेले ?
सौराहा- नेकपा एमालेको जारी १० औं महाधिवेशनको बन्द सत्रमा सहभागी २१५३ प्रतिनिधिलाई एमालेले एउटा झोला दिएको छ ।
भिर्न र झुण्ड्याएर पनि बोक्न मिल्ने एमालेको १०औं महाधिवेशनको लोगो अंकित त्यो झोलाभित्र के छ भन्ने कुरा सबै प्रतिनिधिले अहिले पनि खोलेर हेरेका छैनन् ।
तर, प्रतिनिधि बाहेकका कार्यकर्ता भने झोलाभित्र के होला भनेर चासो राखिरहेका छन् । कालो झोलामा एउटा डायरी र डटपेनसहितका पार्टीका दस्तावेजसम्बन्धी केही प्रकाशनहरु रहेका छन् ।
एमालेको विधान अधिवेशनबाट पारित विधानसहित मुलबाटो, नवयुग र द न्यु एरा नामक पार्टीका प्रकाशन रहेका छन् ।
त्यसैगरी एमाले अध्यक्ष केपी ओलीले विधान महाधिवेशनबाट पारित समसामयिक प्रस्ताव र समापन मन्तव्य रहेको पुस्तिका पनि राखिएको छ ।
जिल्ला कमिटी चितवनकी अध्यक्ष पार्वती रावलले चितवन जिल्लाको नक्साभित्र एमालेको महाधिवेशन चिनाउने स्मृति चिन्हसहितको टोकनलाई उपहारका रुपमा राखिएको छ ।
प्रतिनिधिहरु त्याे झोला बोकेर आज दोश्रो दिन पनि बन्द सत्रभित्र प्रवेश गरिरहेका छन् । बिहान १० बजे सुरु हुने भनिएको बन्द सत्र सुरु हुन ढिलाई भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया