एमाले १० औँ महाअधिवेशन
सहमति नभएका पदमा मतदान हुने, निर्वाचन कार्यतालिका सार्वजनिक
चितवन - नेकपा एमालेको १० औँ महाधिवेशनमा अन्ततः मतदान हुने भएको छ । आइतबार राती बसेको एमाले अध्यक्ष मण्डलको बैठकले सहमति नभएका पदमा मतदान गर्ने निर्णय गरेको हो । साथै बैठकले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेको छ ।
निर्वाचन कार्यतालिकाअनुसार आइतबार राती नै मतदाता नामावली टाँस गरिदैछ । आइतबार राती नै उम्मेदवारी मनोनयन, सच्याउनेदेखि दाबी विरोध गरेर उम्मेद्वारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । यस्तै अन्तिम उम्मेदवार नामावली सोमबार बिहान २ बजेर १० मिनेटमा प्रकाशन गरिनेछ ।
यस्तै सोमबार बिहान साढे १२ बजेसम्म उम्मेदवारको दरखास्त फारम दर्ता गरिनेछ । १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । मध्यराती साढे १ बजेदेखि २ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोमबार बिहान ९ बजेदेखि मतदान सुरु हुनेछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया