एमालेको १० औँ महाधिवेशन
ओली र भीम रावलले पनि गरे मतदान
काठमाडौँ - एमालेको नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी दिएका केपी शर्मा ओली र भीम रावलले मतदान गरेका छन् । १० औँ महाधिवेशनमा अध्यक्षका लागि उम्मेद्वारी दिएका दुवै जनाले विद्युतीय प्रणालीमार्फत मतदान गरेका हुन् ।
सहमतिका लागि थुप्रै प्रयास भएपनि रावलले उम्मेद्वारी फिर्ता नलिएपछि अन्ततः वर्तमान अध्यक्ष ओली र रावलबीच एमालेको नयाँ अध्यक्षका लागि चुनाव भएको हो । अध्यक्षसँगै उपाध्यक्ष, सचिव र खुला सदस्य लगायत पदमा पनि मतदान भइरहेको छ ।
सौराहामा तोकिएको समयभन्दा दुई घण्टा ढिलो सुरु भएको मतदानमा ओली र रावल पनि सहभागि भएका हुन् । ओलीले पहिले मतदान गरेका थिए भने रावलले ओलीपछि मतदान गरे । मतदान प्रक्रिया सहज भएको पनि ओली र रावलले पत्रकारलाई प्रतिक्रिया दिएका छन् ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया