मोरङको कांग्रेस सभापतिमा शेखर पक्षका लिम्बु विजयी
फाइल फोटो
मोरङ - मोरङ काँग्रेस सभापतिमा डिग बहादुर लिम्बू विजयी भएका छन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा १९०६ मत ल्याउँदै लिम्बू विजयी भएका हुन् । सोमबार भएको पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत पुर्याउन नसकेपछि मंगलबार फेरि निर्वाचन भएको थियो ।
मंगलबार लिम्बू र दिलिप गच्छदारबीच प्रतिस्पर्धा भएको थियो । यसअघिका उम्मेदवार यदुले गच्छदारलाई सहयोग गर्दा पनि लिम्बू विजयी भएका हुन् । मोरङको चुनावमा लिम्बूलाई हराउन सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलाले गच्छदारलाई सहयोग गरेका थिए । डा. शेखर कोइराला पक्षका उम्मेदवार लिम्बूलाई हराउन सके सभापतिको दौडबाट पछि हटाउन सकिन्छ कि भन्ने सोचले अन्य नेता एकैठाउँ उभिएका स्थानीय नेताहरुको दाबी छ ।
संस्थापन पक्षएक्लै मैदानमा रहेका शेखरले लिम्बूलाई जिताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया