दल

सांसद जसपाका, मतदान कांग्रेस नेतालाई

इकागज |
मंसिर १९, २०७८ आइतबार १२:८ बजे

मकवानपुर - नेपाली कांग्रेसको बागमती प्रदेश समितिका लागि भएको निर्वाचनमा शनिबार दुई हजार ८३ जना प्रतिनिधिले मतदान गरे । अधिवेशनका लागि प्रदेशका विभिन्न १३  जिल्लाबाट दुई हजार एक सय ५० जना प्रतिनिधि छानिएका थिए । शनिबार मध्यराति सकिएको चुनावमा ६७ जना अनुपस्थित भए । 

प्रदेश समितिको सभापतिमा इन्द्रबहादुर बानियाँ, भीमसेनदास प्रधान र जगदीश्वरनरसिंह केसीबीच प्रतिस्पर्धा भएकाे थियाे । तर पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन सकेनन् । जसकारण आइतबार दाेस्राे चरणकाे मतदान भइरहेकाे छ ।


हेटौंडामा भएकाे कांग्रेस प्रदेश अधिवेशनमा जनता समाजवादी पार्टी (जसपा)का बाग्मती प्रदेश सभा सदस्य प्रेम तामाङले पनि मतदान गरेका छन् । उनी रसुवाबाट कांग्रेस प्रतिनिधि बनेकाे स्राेतले बतायाे । बागमती प्रदेश सभामा जसपाको तर्फबाट सांसद रहेका तामाङले शनिबार राति ९ बजेतिर अधिवेशनस्थल वन विज्ञान अध्ययन संस्थानमा मतदान गरेका थिए । उनी बागमती प्रदेश सभामा जसपाका तर्फबाट एक मात्र सांसद हुन् । केही समयअघि नै उनी कांग्रेस प्रवेश गरेका थिए ।


Author

थप समाचार
x