दल

प्रदेश सभापतिमा गुरु घिमिरे पराजित भएपछि शेखरले मागे माफी

इकागज |
मंसिर २०, २०७८ सोमबार १४:१६ बजे

काठमाडौँ - प्रदेश १ अधिवेशनमा गुरुराज घिमिरे पराजित भएपछि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माफी मागेका छन् । घिमिरे प्रदेश १ को सभापतिमा २ मतले पराजित भएपछि कोइरालाले सामाजिक सञ्जालमार्फत माफी मागेका हुन्। केन्द्रीय नेताहरूले मतदान गर्न पाउने/नपाउने विषयको 'संशय'का कारण आफूले मतदान नगर्नु उपर्युक्‍त ठानेको उनले उल्लेख गरेका छन् । 

'कांग्रेस १४औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषय सुरुदेखि नै 'संशय' थियो,' उनले भनेका छन्,' कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपर्युक्त ठानेँ। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।' कोइराला प्रदेश १ को क्षेत्रीय अधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा अनुपस्थित भएका थिए।



Author

थप समाचार
x