माओवादी राष्ट्रिय सम्मेलन : प्रतिनिधिहरूले खाने र बस्ने व्यवस्था आफैले गर्नुपर्ने (परिपत्रसहित)
केन्द्रले १० प्रतिशत प्रतिनिधि मनोनित गर्ने व्यवस्था घटाएर ५ प्रतिशतमा झारियो
काठमाडौँ- नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले परिपत्र जारी गरेका छन् । मंसिर १७ गते अध्यक्ष दाहालले राष्ट्रिय सम्मेलनबारे जानकारी उल्लेख गर्दै परिपत्र जारी गरेका हुन् ।
राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरूले खाने र बस्ने व्यवस्था आफैले गर्नुपर्ने परिपत्रमा उल्लेख छ । त्यस्तै प्रतिनिधिहरूलाई राष्ट्रिय सम्मेलनमा सहभागिताका लागि प्रति प्रतिनिधि शुल्क २ हजार रुपैयाँ तोकिएको परिपत्रमा लेखिएको छ ।
आवेदन शुल्कबारेमा पदाधिकारीको छुट्टै आवेदन शुल्क नलिने जनाएको छ । त्यसैगरी सदस्यताको शुल्क दाखिला गरेपछि पदाधिकारीको लागि बाँकी शुल्क मात्र लिने व्यवस्था मिलाउने बताइएको छ ।
२०७८ मंसिर मसान्तसम्म सबै केन्द्रीय विभागहरूको बैठक बसी राष्ट्रिय सम्मेलनको प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा प्रतिनिधिहरूको नामावली (नवीकृत सदस्यता नम्बरसमेत) पठाइसक्नु पर्नेछ । पार्टी केन्द्रीय कार्यालयबाट राष्ट्रिय सम्मेलनको लागि १० प्रतिशत मनोनित गर्ने प्रतिनिधिको व्यवस्था गरिएकोमा त्यसलाई घटाएर ५ प्रतिशत कायम गरेको छ ।
प्रदेशबाट राष्ट्रिय सम्मेलनमा सहभागी प्रतिनिधिहरूको बारेमा प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट गर्ने र बाँकी १५०० संगठित सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने उल्लेख छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया