दल

संस्थापनइतर समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार चयन हुने प्रकाशमानको दाबी

इकागज |
मंसिर २१, २०७८ मंगलबार १२:११ बजे

काठमाडौँ - नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने दाबी गरेका छन् । सोमबार काठमाडौंको रामशाहपथस्थित सम्पर्क कार्यालय संचालन गरेका नेता सिंहले संस्थापनइतर समूहबाट आफू सर्वसम्मत पार्टी सभापतिको उम्मेदवार चयन हुने दाबी गरे।उनले आफू प्राकृतिक उम्मेदवार भएको कारण  पार्टीमा सभापति बन्ने पालो आएको बताए। नेता सिंहले आफूले पाएको अनुभवबाट पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरुलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टी आफू नेतृत्वमा पुगेपछि बनाउने दाबी गरे ।

‘म नेचुरल क्यान्डिडेट हुँ, म अर्डिनरी वर्करदेखि लिएर विभिन्न पदमा बसेर, लामो समयसम्म पार्टीको विभिन्न जिम्मेवारी बहन गरिसकेको छु । मेरो लामो अनुभव भएको कारणले गर्दा र म पार्टीको केन्द्रीय उपसभापति र महामन्त्री भइसकेकोले अब टाइम आएको छ,' उनले भने, 'मैले प्राप्त गरेको अनुभवहरू पार्टीलाई सुदृढ, संस्थागत, विधि, नियमसम्मत तरिकाबाट अघि बढाउन र पार्टीमा आउने दिनका समस्याहरूलाई विधिवत तरिकाबाट सामना गर्न सक्ने सक्षम पार्टीको रूपमा सबैलाई मिलाएर पार्टीलाई अघि बढाउने क्षमता भएको हुनाले मेरो नाममा सहमति आउँछ जस्तो लाग्छ ।’ नेता सिंहले संस्थापनइतरबाट पार्टी नेतृत्वको साझा उम्मेदवारीका लागि धेरै पटक बैठक बसेको र आज पनि छलफल गरेर निर्णयमा पुग्ने बताए ।



Author

थप समाचार
x