कांग्रेस महामन्त्रीका दाबेदार साउदले खोले सम्पर्क कार्यालय
काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका छन् ।
वर्तमान केन्द्रीय सदस्यसमेत रहेका साउदले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटअगाडि लायन्स हब रहेको भवनको तेस्रो तलामा सम्पर्क कार्यालय खोलेका हुन् ।
कार्यालयको औपचारिक शुभारम्भ भोलि बुधबार हुनेछ । यद्यपि कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बढेको छ । साउदका सहयोगी दिपक जोशीले कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । महामन्त्री पदका लागि तयारी गर्न, कार्यकर्ता भेटघाट गर्न र सम्पर्क विस्तारका लागि कार्यालय खोलिएको उनको भनाइ छ ।
साउदको सचिवालयले भेटघाटमा लागि आउने नेता कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ ।
नेपाली कांग्रेसको महाधिवेशन २४-२७ मंसिरमा भृकुटीमण्डपमा हुँदैछ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया