दल

प्रधानमन्त्रीको कुर्सीमा बसेर देउवाले गुट बनाए : गुरुराज घिमिरे

इकागज |
मंसिर २१, २०७८ मंगलबार १६:१३ बजे

काठमाडौँ - नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले आफुमाथि सत्ताले हिंसा गरेको आरोप लगाएका छन् । कांग्रेसको प्रदेश १ अधिवेशनमा सभापति पदमा भएको चुनावमा दुई मतले पराजित भएका नेता घिमिरेले प्रदेश अधिवेशनमा डनवाद देखिएको आरोप लगाएका हुन् ।

मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा रामचन्द्र पौडेल पक्षका नेताहरुको भेलामा सहभागी हुन आएका घिमिरेले यस्तो आरोप लगाएका हुन । साथै उनले आफ्नो माग अनुसार फेरि मतगणना गर्न आलटाल भइरहेको पनि गुनासो गरे ।


‘मैले बारम्बार भनेको छु। अधिनायकवाद हो। लोकतान्त्रिक पार्टीको चरित्र हुदैन। निजि स्वार्थ पूरा गर्ने अस्त्र भएको छ,’ उनले भने, ‘ममाथि भएको हिंसा सयौँ साथीहरुमाथि पनि भएको छ । प्रधानमन्त्रीको कुर्सी गुट बनाउन बनाइएको होइन । सत्ता बेइमानी भयो । अहंकार धेरै देखियो ।’

प्रधानमन्त्रीको कुर्सीमा बसेर कांग्रेस सभापति शेरबहादुर देउवाले गुट बनाएको पनि उनले आरोप लगाए । 
 


Author

थप समाचार
x