दल

आजै रातीसम्म पौडेल पक्षले साझा उम्मेद्वारको टुंगो लगाउने

इकागज |
मंसिर २१, २०७८ मंगलबार १७:४० बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि संस्थापनइतर पक्षले आजै रातीसम्म साझा उम्मेद्वार टुंगो लगाउने तयारी गरेको छ । मंगलबार चाक्सीबारीस्थित प्रकाशमान सिंहको घरमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले आजै रातीसम्म सभापति, महामन्त्री लगायत सबै साझा उम्मेद्वार टुंगो लगाउने निर्णय गरेको हो । 

सभापतिसहित मुख्य पदाधिकारीको उम्मेद्वारी भएपनि आजै रातीसम्म टुंग्याउने बैठकको तयारी थियो । भोलि बिहानसम्म केन्द्रीय सदस्यले उम्मेद्वारी टुंग्याउन माग गरेपछि जवाफमा वरिष्ठ नेता पौडेलले आजै रातभर बसेर भएपनि साझा उम्मेद्वारको टंगो लगाउने बताएको पौडेल पक्षका नेता गुरुराज घिमिरले जानकारी दिए ।



Author

थप समाचार
x