शशांकले छाडे, सभापतिमा शेखर र प्रकाशमानको चट्टानी अडान
फाइल फोटो
काठमाडौँ - नेपाली कांग्रेसको संस्थापन इतर पक्षबाट सभापतिको उम्मेद्वारीमा शशांक कोइरालाले दाबी छाडेका छन् । उनले सभापतिको उम्मेद्वारी नदिने गरी आफ्नो अडानबाट पछि हटेका हुन् । तर सभापतिको साझा उम्मेद्वारमा शेखर कोइराला र प्रकाशनमान सिंहले दाबी गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट शेखर र प्रकाशमानले सभापतिको साझा उम्मेद्वार बन्ने आकांक्षा राखेका छन् । सभापतिको दाबीबाट पछाडि हट्न शशांकसँगै रामचन्द्र पौडेल पनि लचक छन् । तर शेखर र प्रकाशमानले भने दाबी नछाड्दा सहमति जुट्न जटिल भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया