भोलि फेरि बस्ने गरि सकियो चाक्सीबारी छलफल
काठमाडौँ - नेपाली कांग्रेसको संस्थापन इतर पक्षको चाक्सीबारी बैठक बिनानिष्कर्ष सकिएको छ । संस्थापन इतर पक्षबाट साझा उम्मेद्वार तय गर्न चाक्सीबारीमा बसेको रामचन्द्र पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला, शशांक कोइराला लगायत शीर्ष नेताहरुको बैठक बिनानिष्कर्ष सकिएको हो ।
बुधबार बिहान साढे ९ बजे अनुपम फुडल्यान्डमा बस्ने गरि छलफल सकिएको वरिष्ठ नेता रामचन्द्र पौडेलले बताए । यसअघि उनले आजै रातीसम्म भएपनि साझा उम्मेद्वार तय गर्ने दाबी गरेका थिए ।
तर प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिको दाबी नछाडेपछि चाक्सीबारी बैठक बिनानिष्कर्ष सकिएको हो । वरिष्ठ नेता पौडेल र शशांक कोइराला भने सभापतिको उम्मेद्वारीबाट पछि हट्न लचक बनेका छन् ।
शेखर र प्रकाशमानले दाबी नछाडेपछि भोलि बस्ने गरि बैठक सकिएको हो । भोलि पौडेल पक्षले पुर्व जिल्ला सभापति, वर्तमान जिल्ला सभापति, प्रदेश सभापतिसँग छलफल गर्ने तयारी गरेको छ । तर भोलिको बैठकमा आफु नजाने शेखर कोइरालाले बताएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया