निर्वाचन परिणाम अस्वीकार गर्ने
महाधिवेशन प्रतिनिधिमा पराजित अमरेशकुमार भन्छन्, पार्टी र सरकारी दुवै सत्ता प्रयोग गरी मलाई हराइयो
काठमाडौं– महाधिवेशन प्रतिनिधिमा पराजित कांग्रेस सांसद अमरेशकुमार सिंहले सरकार र पार्टी दुवैको सत्ता प्रयोग गरी आफूलाई हराएको दाबी गर्दै निर्वाचन परिणाम अस्वीकार गर्ने बताएका छन् । ‘पार्टी र सरकारी दुवै सत्ता प्रयोग गरी मलाई हराइयो’ सिंहले इकागजसँग भने, ‘लोकतन्त्रकै हत्या गर्ने शैलीमा मलाई हराइएको हुँदा परिणम अस्वीकार गरेको हुँ ।’
सिंह सर्लाही–४ मा महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए । केन्द्रीय महाधिवेशनमा केन्द्रीय तहमै उम्मेदवारी दिने आकांक्षामा रहेका सिंह महाधिवेशन प्रतिनिधिमै पराजय भएपछि त्यसमा रोक लागेको छ । उनको आरोप छ, ‘मलाई हराउन वडा तहबाटै धाँधली भएको थियो । वास्तविक कांग्रेसलाई पाखा लगाउँदै अरु दलका मानिसलाई क्रियाशील सदस्यता दिइयो । यसबाट जननिर्वाचित सांसदलाई पाखा लगाउने काम भएको छ ।’
कांग्रेसमा ‘इमान र निष्ठा’को राजनीति समाप्त पार्ने खेल रचिएको जिकीर गर्दै सिंहले भने, ‘पार्टीमा बोल्नेलाई पाखा लगाउँदै भनेका मान्ने व्यापारी–व्यवसायी सुम्पिइदैँछ । कांग्रेस सिध्याउने खेलविरुद्ध म लाग्नेछु ।’
नेपाली कांग्रेसका सांसद नेता अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । १४औँ महाधिवेशनमा केन्द्रमा चुनाव लड्ने तयारीमा रहेका सिंह आफ्नै निर्वाचन क्षेत्र सर्लाही-४ मा पराजित भएका हुन् । सर्लाही-४ मा महाधिवेशन प्रतिनिधिका लागि मंगलबार सम्पन्न मतदानमा प्रदेश २ का महिला बालबालिका मन्त्री वीरेन्द्रप्रसाद सिंह ५१६ मत पाएर प्रतिनिधि बन्दा सिंह २४८ मत पाएर पराजित भए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया