विराटनगरका मेयर पराजुली कांग्रेस केन्द्रीय सदस्यमा भिड्ने
काठमाडौँ- विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली कांग्रेसको १४ औँ महाधिवेशन केन्द्रीय सदस्यको उम्मेद्वार बन्ने घोषणा गरेका छन् । ‘मेरो उम्मेद्वारी पुस्तान्तरण र कांग्रेस रुपान्तरण निम्ति हो’ प्रमुख पराजुलीले इकागजसँग भने । लोकतान्त्रिक पार्टी कांग्रेसको दर्बिलो इतिहासलाई अझ चम्काउन आफू उम्मेद्वार बन्न लागेको धारणा पराजुलीले इकागजसँग व्यक्त गरे ।
पराजुली पहिलो चोटि कांग्रेसको केन्द्रीय तहको उम्मेद्वार बन्न लागेका हुन् । उनले कांग्रेसभित्र स्थानीय सरकार र तल्लो तहको प्रतिनिधित्व निम्ति आफूले उम्मेद्वारी दिन लागेको बताए । ‘कांग्रेसमा ग्रासरुट तहले भोगेका समस्याबारे छलफल निम्ति प्रतिनिधित्व निम्ति पनि मेरो उम्मेद्वारी हो’ उनले भने ।
उनी कांग्रेसभित्र सधैँभरि पुराना नेताहरु मात्र नेतृत्वमा रहिरहँदा पार्टीले ऊर्जा प्राप्त गर्न नसक्ने उल्लेख गर्दै भन्छन्, ‘पार्टीभित्र नीति र नेतृत्व निम्ति नयाँ अनुहार चाहिन्छ’ उनले भने, ‘सही र वास्तविक आवाज निम्ति स्थानीय तहमा नेतृत्वकर्ता व्यक्तिहरुको प्रतिनिधि हुनुपर्छ ।’
४८ वर्षीय पराजुली विद्यार्थीकालमा कांग्रेसको राजनीतिमा सक्रिय छन् । विद्यालयमा अध्ययन रहँदा नेपाल विद्यार्थी संघको अध्यक्ष भएका थिए । विराटनगर महानगर कांग्रेस समितिको सभापति रहिसकेका पराजुली युवा पुस्ताबीच लोकप्रिय मानिन्छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया