दल

गजेन्द्र हमालले गरे कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

इकागज |
मंसिर २२, २०७८ बुधबार १४:२ बजे

काठमाडौँ -  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनेर विवादित भएसँगै राजीनामा दिएका गजेन्द्र हमालले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।  बाँकेका जिल्ला सभापतिसमेत भइसकेका हमालले आफू लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्यको उम्मेदवार हुने बताएका हुन् । 

‘मैले सभापति शेरबहादुर देउवाको टिमबाटै केन्द्रीय सदस्य लड्ने घोषणा गरेको छु । लुम्बिनी प्रदेशबाट केन्द्रीय सदस्य लड्न लागेको हुँ,’  हमालले भने, ‘अरु टिममा त म कहाँ जानु नि देउवाकै टिममा छु । त्यहीँबाट चुनाव जित्नेमा ढुक्क छु ।’ 


उनले आफूले शीर्ष नेताहरूको सँगको सल्लाहमै उम्मेदवारी घोषणा गरेको बताए । 
 


Author

थप समाचार
x