सभापतिको दौडबाट पछि हट्दिनँ, कांग्रेसलाई प्रजातान्त्रिक पार्टीकोरूपमा स्थापित गराउँछु : प्रकाशमान
काठमाडौं - नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनमा आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । महाधिवेशन सुरु हुन केही घण्टा मात्र बाँकी रहँदा सभापतिमा साझा उमेद्वारी चयन गर्न नसकेको वरिष्ठ नेता रामचन्द्र पौडललाई सिंहको यो अभिब्यक्तिपछि थप संकट निम्तिएको छ ।
पार्टीभित्रको शक्ति राजनीतिका कारण नेपाली कांग्रेसले जनताले सोचेअनुरुप ट्रयाक समाउन नसेको भन्दै सिंहले पार्टीलाई विधि विधानअनुसार चलाउन र समावेशी रुपमा पार्टीलाई अगाडि बढाउन आफ्नो सभापतिमा दाबी रहेको र सभापतिको दाबीबाट पछि नहट्ने बताए ।
काठमाडौंको बानेश्वरमा आज सन्त नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलार्ई विधिसम्मत नियम सम्मत र संस्थागत रुपमा अगाडि बढाउन र सम्पूर्ण चुनौतीलाई सामना गर्दै आफूले कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागि दाबी गरेको बताए । कार्यक्रममा सिंहले कांग्रेसलाई एकताबद्ध हुन किसुनजीले गरेको त्यागलाई कुनै पनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दु:ख समेत ब्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया