दल

बैतडीका नौ पालिकामा माओवादी अधिवेशन

इकागज |
मंसिर २३, २०७८ बिहीबार १२:४० बजे

बैतडी - नेकपा माओवादी केन्द्रले  जिल्लाका नौ पालिकामा अधिवेशन सम्पन्न गरेको छ । मंसिर ११ गतेदेखि सुरु भएको पालिका अधिवेशनअन्तर्गत हालसम्म जिल्लाको नौ पालिकामा अधिवेशन सम्पन्न गरेको हो ।

माओवादी केन्द्रका बैतडी संयोजक प्रेमप्रकाश भट्टका अनुसार मेलौली, दशरथचन्द, पाटन, पुर्चौडी नगरपालिका, शिवनाथ, सुर्नया, डिलाशैनी, दोगडाकेदार र सिगास गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले सबै स्थानीय तहमा सर्वसम्मतरूपमा नयाँ नेतृत्व चयन गरेको छ ।


बाँकी  रहेका पञ्चेश्वर गाउँपालिकामा आज पालिका सम्मेलन सम्पन्न हुने माओवादी केन्द्र जनाएको छ । तत्कालीन समयमा नेकपा (एमाले)सँग पार्टी एकता हुँदा समिति रहेको भए पनि अलग भएपछि माओवादीले पहिलोपटक विधिवतरूपमा कमिटी बनाइरहेको  हो ।  राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादीले यसअघि वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।

माओवादी केन्द्रले यही २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन गर्ने जनाएको छ । प्रदेशको सम्मेलनपछि आगामी पुस ११ देखि १३ राष्ट्रिय सम्मेलन गर्दैछ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रेणु चन्दले पार्टीको  संगठन विस्तारमा ध्यान दिन कार्यकर्तालाई आग्रह गरे ।  


Author

थप समाचार
x